Follow us: Youtube Android App
जसले मैदान बाहिर पनि जिते
१ कात्तिक २०७८

काठमाडौं : दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप फुटबलको २८ वर्षको इतिहासमा नेपाल पहिलो पटक उपाधि नजिक पुगेको थियो। शनिबार राति भएको फाइनलमा चिरप्रतिद्वन्द्वी भारतसँग ३–० गोलले पराजित भए पनि फाइनल पुगेर नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्‍यो। यसअघिका संस्करणमा सेमिफाइनलबाट अगाडि बढ्न नसकेको नेपालको ऐतिहासिक सफलताका सारथि थिए, अब्दुल्लाह अलमुताइरी। माल्दिभ्सले आयोजना गरेको १३औं संस्करणको साफ च्याम्पियनसिप नेपालको ऐतिहासिक सफलता र खेलाडीहरूको प्रदर्शनभन्दा पनि प्रशिक्षक अलमुताइरीका कारण चर्चामा रह्यो।

भारतसँगको राउन्ड रोबिन लिग अघि दिएको अभिव्यक्ति, विजया दशमीका दिन टोलीका सदस्यहरूसँग लगाएको टीका र फरक दुई खेलमा पहेंलो कार्ड पाउँदा पनि फाइनल खेलमा प्रतिबन्धमा परेपछि साफको निष्पक्षताका बारेमा दिएको अभिव्यक्तिका कारण अलमुताइरी नेपाली फुटबल समर्थकमाझ चर्चामा रहिरहे। यसैगरी प्रिम्याच र पोस्ट् म्याच कन्फरेन्समा उनको बोल्ने शैली, टोलीले गोल गरेपछि र जितेपछि खुसीयाली मनाउने शैली, प्लेयर बक्समा बस्दा देखाउने हाउभाउले उनी अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चामा रहे।

ए डिभिजन क्लब थ्रीस्टारका पूर्वप्रशिक्षक मेघराज केसी यस पटकको साफमा सिनियर खेलाडीहरूको प्रदर्शनभन्दा पनि अलमुताइरीको चर्चा बढी नै भएको बताउँछन्। ‘पक्कै पनि यस पटक प्रशिक्षक अलमुताइरी चर्चामा रहेकै हुन्। साफअघि विभिन्न विवादमा आएका कारण पनि उनी नेपाली समर्थकमाझ चर्चामा आएका हुन्’, प्रशिक्षक केसीले भन्छन्, ‘माल्दिभ्समा चाहिँ प्रिम्याच र पोस्ट् म्याच कन्फरेन्समा बोल्ने शैली, व्यवहार र प्लेयर बक्समा देखाउने हाउभाउका कारण उनले अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा कमाए ...

समाचार स्रोत :