Follow us: Youtube Android App
टी-२० विश्वकप : पाकिस्तान शतप्रतिशत जितसहित सेमिफाइनल प्रवेश
२२ कात्तिक २०७८

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तान शतप्रतिशत जितसहित समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।

आइतबार राति भएको समूह दुईको अन्तिम तथा पाँचौं खेलमा स्कटल्याण्डलाई ७२ रनले पराजित गरेपछि पाकिस्तानले १० अंक जोडेको थियो ।

पहिले ब्याटिङ गरेको पाकिस्तानका क्याप्टेन बाबर अजाम र शोएब मलिकको अर्धशतक मद्दतमा १९० रनको लक्ष्य लिएको थियो । तर स्कटल्याण्डले पूरै ओभर खेल्दै ६ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो ...

समाचार स्रोत :