पोखरा : राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने सबैभन्दा ठूलो र महत्वपूर्ण प्रतियोगिता हो, राष्ट्रिय खेलकुद। देशभर छरिएर र लुकेर रहेका प्रतिभाको खोजी गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने गरिन्छ।
राष्ट्रिय खेलकुदको यही मर्म, भावना र उद्देश्य अनुरुप नै नवौं राष्ट्रिय खेलकुदमा होमिएका छन्, सात वर्षीय संस्कार न्यौपाने। नेपालगन्जका संस्कार नेपाली खेलकुदको कुम्भमेला मानिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन्। उनी पौडीको ५० मिटर फ्रिस्टायलमा देशका चर्चित खेलाडीसँगै पौडी पोखरीमा उत्रिँदै छन्।
उनले सुरुमा ५० मिटर फ्रिस्ट्याल र ब्रेथस्टोकमा प्रतिस्पर्धा गर्ने तय भएपनि एउटा प्रदेशबाट एउटा इभेन्टमा दुई जना खेलाडीले मात्रै प्रतिस्पर्धा गर्न पाउने नियमका कारण उनले फ्रिस्ट्यालमा मात्रै प्रतिस्पर्धा गर्न लागेको लुम्बिनी प्रदेशका पौडी प्रशिक्षक चन्द्रराम चौधरीले बताए ...