काठमाडौं । अरब देशमा पहिलोपटक विश्वकप फुटबल आयोजना गरेर इतिहास रच्दै गरेको कतारले प्रशंसाभन्दा बढ्ता आलोचना खेपिरहेको छ । हजारौं आप्रवासी कामदारको जीवन मूल्य चुकाएर कतार आफ्नो इतिहास बनाउँदैछ । विश्वकपका लागि चाहिने पूर्वाधार बनाउने क्रममा मृत्युवरण गरेका हजारौं आप्रवासी कामदारका पक्षमा जर्सी, ब्याण्ड लगाउँदै मैदानमा उत्रिने बताइरहेका छन् अधिकांश टिम ।
अष्ट्रेलियन फुटबल टिमले हालसालै मात्र ट्वीटरमा एक भिडियो सार्वजनिक गरेर विश्वकपमा लागि आवश्यक पूर्वाधार बनाउँदा मारिएका र घाइते भएका आप्रवासी कामदारलाई क्षतिपूर्ति दिलाउन माग गरेको छ ।
कतारले २ सय २९ बिलियन अमेरिकी डलर खर्च गरेर आयोजना गर्न लागेको यो फुटबल महाउत्सवमा नेपालीहरुले पनि ज्यान गुमाएका छन् । २३ फेब्रुअरी २०२१ ‘द गार्जियन’ पत्रिकामा छापिएको समाचार अनुसार नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका गरेर कतारमा ६ हजार ५ सयभन्दा बढी कामदार मारिए ...