Follow us: Youtube Android App
अर्जेन्टिना विश्वविजेता
४ पुष २०७९

दोहा — कतारमा आइतबार बिहानैदेखि माहोल अर्जेन्टिनाको पक्षमा थियो । मेट्रो, सपिङ मल, फ्यान जोनलगायत सार्वजनिक स्थलमा नीलो र सेतो धर्के जर्सी लगाउनेहरू आफ्नै भाषामा गीत गाउँदै उफ्रिरहेका थिए । धेरैले लियोनल मेसीको जर्सी लगाएका थिए । जर्सी नं. १० बजारमा पाउनै छाडेको थियो । विश्वकप २०२२ फाइनलका लागि चार घण्टाअघि नै लुसेल रंगशाला जाँदा मेट्रोमा उभिने ठाउँ पाउन पनि मुस्किल थियो । निजी कार, ट्याक्सीलगायत सवारीसाधनको ट्राफिक थेगिनसक्नु थियो ।

समुद्र पुरेर बनाइएको लुसेल रंगशालाको माहोल पनि अर्जेन्टिनामय थियो । ८८ हजार ९ सय ६६ दर्शकमध्ये धेरैजसो अर्जेन्टिना समर्थक थिए । गीत गाउँदै, हात फैलाउँदै उफ्रिने अर्जेन्टिनी समर्थकले प्यारापिट भरिएको थियो । एउटा गोलपोस्ट पछाडि केही हजार मात्रै फ्रान्सका समर्थक थिए । खाडी क्षेत्रमा पहिलोपल्ट भएको फुटबल महाकुम्भ २९ औं दिनमा सकिँदा पूरा प्रतियोगिता अर्जेन्टिनामय रह्यो । अन्ततः अर्जेन्टिना ३–३ को बराबरीपछि फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराएर ३६ वर्षपछि विश्वकप च्याम्पियन भयो ।

यससँगै मेसीले पनि पाँचौं प्रयासमा विश्वकप जित्ने सपना पूरा गरेका छन् । मेसीको टिम ८ वर्षअघि पनि फाइनलमा पुगेको थियो । तर, त्यसबेला अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले हराएर जर्मनी च्याम्पियन भएको थियो । अर्जेन्टिना तेस्रोपल्ट विश्वविजेता बनेको हो । यसअघि मारियो केम्पस (सन् १९७८) र म्याराडोना (१९८६) को उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना विश्वविजेता भएको थियो । विश्वकप विजेता भएसँगै मेसीले सर्वकालीन महान् खेलाडीका रूपमा आफूलाई बिनाप्रश्न उभ्याएका छन् । विश्वकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड बालोन डी’अर कीर्तिमानी सातपल्ट जितेका उनले फुटबलमा सम्भव सबै प्रतियोगिता जित्ने क्रमलाई विश्वकपमा आएर पूर्णता दिएका हुन् । गतवर्ष मात्रै उनकै उत्कृष्ट खेलमा अर्जेन्टिना कापा अमेरिका च्याम्पियन भएको थियो ...

समाचार स्रोत :