Follow us: Youtube Android App
नेपाल विश्वकप छनोटमा
३ चैत्र २०७९

काठमाडौँ — नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीबार यूएईमाथि अद्वितीय र नाटकीय जित रच्दै सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा सिधै प्रवेश पाएको छ ।

ग्लोबल छनोट जुन–जुलाईमा जिम्बावेमा हुँदै छ । जहाँ १० टिम प्रतिस्पर्धामा हुनेछन् । १० टिमले दुई समूह रहेर प्रतिस्पर्धा गर्नेछन् । दुवै समूहका शीर्ष ३–३ टिम सुपर लिगमा पुग्नेछन् । सुपर लिगको खेलपछि शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । छनोट खेल्ने नेपालसहित नेदरल्यान्ड्स, जिम्बावे, ओमान र स्कटल्यान्डले स्थान पक्का गरिसकेका छन् । अन्य टिम छनोट हुन बाँकी छ ।


नेपालको जित केही हदसम्म विवादास्पद पनि रह्यो । तर, नेपाल जितका लागि पूर्णतः हकदार बन्यो । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खराब प्रकाशका कारण खेल रोकिँदा नेपाल डकवर्थ लुइस नियमअनुसार ९ रनले विजयी रहेको हो ...

समाचार स्रोत :