Follow us: Youtube Android App
Somersby Nepal
आयोगको पत्र शिक्षा मन्त्रालयबाटै गायब
१५ मंसिर २०७४


काठमाडौँ l निर्वाचन आयोगले गत कात्तिक दोस्रो साता नै सम्बन्धन निर्णयमा असहमति जनाएर सीटीईभीटीलाई पठाएको पत्र शिक्षा मन्त्रालयले गायब बनाएको पाइएको छ । आयोगले निर्वाचनभरका लागि मात्रै असहमति जनाएको व्याख्या गरेर चुनाव सकिएपछि निर्णय कार्यान्वयन गर्न भनेको पत्र नै गायब पारिएको स्रोतको दाबी छ । आजको कान्तिपुर दैनिकमा खबर छ  ।

सीटीईभीटी परिषदको असोज २२ को बैठकले २५ संस्थालाई ३४ वटा कार्यक्रम सञ्चालन गर्न सम्बन्धन दिने निर्णय गरेको थियो । उक्त निर्णयबारे असोज २४ मा आयोगसँग सहमति माग गरिए पनि आयोगको कात्तिक ७ को बैठकले सहमति नदिने निर्णय गरेको थियो ।

आयोगले आफ्नो निर्णय कात्तिक ८ मै शिक्षा मन्त्रालय पठाएको हो । मन्त्रालयले उक्त पत्र सीटीईभीटी पठाउनुको सट्टा गायब बनाएको हो l