Follow us: Youtube Android App
Somersby Nepal
गुगलले पक्रियो मोबाइल फोनबाट जानकारी चोर्ने एप
१५ मंसिर २०७४


गुगलले एउटा यस्तो एप पत्ता लगाएको छ जसले फेसबुक, ह्वाट्सएपजस्ता सोसल मिडिया एपसँगै प्रयोगकर्ताको स्मार्टफोनबाट जानकारीहरु चोर्ने गर्दछ । Tizi नामको यो एपले मोबाइल फोनको कल रेकर्डबाट पनि जानकारी चोर्दछ र यस्तो चोरी यति सावधानीपूर्वक गर्दछ कि प्रयोगकर्ताले सुइँको सम्म पाउँदैनन् ।

गुगलले एक ब्लग पोष्टमार्फत उक्त एपका विषयमा खुलासा गरेको छ । गुगलका अनुसार Tizi एपले लोकप्रिय सोसल मिडिया एपबाट संवेदनशील डाटा चोर्नका लागि फोनमा स्पाईवेयर अर्थात् जासूस भाइरस इन्स्टल गरिदिन्छ ।

गुगल प्ले प्रोटेक्ट सेक्योरिटीको टिमले यस एपको बारेमा गत सेप्टेम्बर महिनामा जानकारी प्राप्त गरेको थियो । गुगलले यस एपलाई प्ले स्टोरबाट हटाइसकेको छ र अन्य सबै प्रभावित डिभाइसलाई यस बारेमा सूचना पनि पठाएको छ । कम्पनीले यस एपका डेभलपरको अकाउन्ट पनि............

Source