Follow us: Youtube Android App
Somersby Nepal
इन्टरनेटमा चीनतर्फको विकल्प तयार
१८ मंसिर २०७४


नेपाल टेलिकमले इन्टरनेट ब्यान्डविथमा भारतसँगको निर्भरता घटाउन अघि सारेको विकल्पको सबै तयारी पूरा भएको छ । उत्तरी छिमेकी चीनबाट पहिलोपटक ल्याउन लागिएको इन्टरनेट ब्यान्डविथका लागि आवश्यक पूर्वाधार निर्माण सम्पन्न भइ परीक्षणको कामसमेत सम्पन्न भएको टेलिकमले
जनाएको छ । टेलिकमका अनुसार यसबाट परनिर्भरताको अन्त्यसँगै उपभक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नसमेत सहज भएको छ । 

केरुङ नाकाबाट ल्याइने इन्टरनेट ब्यान्डविथका लागि हाल दुवै देशले आफ्नातर्फबाट प्रावधिक काम पूरा गरी परीक्षण्समेत सफल भएको जनाइएको छ । यससँगै चालू महिना (डिसेम्बर)भित्रै चीनको इन्टरनेट उपभोक्तालाइ दिइसक्ने टेलिकमको तयारी छ । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले चीनबाट ल्याइन लागेको इन्टरनेटका लागि परीक्षण सफल भइ अब व्यावसायिक सेवा सुचारुका लागि अन्तिम सम्झौता हुने चरणमा रहेको जानकारी दिएका छन ।

“हाम्रो तर्फबाट सवै काम सकिएको छ, सेवा शुभारम्भका लागि चाइना टेलिकम ग्लोबललाई अनुरोध गरेका छौं,” उनले भने । टेलिकमले चाइना टेलिकम ग्लोवलसँग इन्टरनेट ब्यान्डविथ खरिद गरी इन्टरनेट सेवालाई वहुपक्षीय मार्गमा लैजान लागेको हो । नेपालमा .........

Source