Follow us: Youtube Android App
Somersby Nepal
भूकम्पले लुटेको विद्यार्थीको हाँसो फर्कियो
१९ मंसिर २०७४


खुम्जुङ (सोलुखुम्बु) l समुद्रिसतहदेखि तीन हजार सात सय ९०  मिटर उचाइमा रहेको खुम्जुङ गाउँ विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा छ ।  सगरमाथाको चिसो हावा ठोक्किन खुम्जुङ आइपुग्छ । यहाँ वर्षैभरि हिउँ देख्न पाइन्छ । प्राकृतिक र पर्यटकीय दुवै हिसाबले रमणीय यो गाउँ पनि २०७२ वैशाख १२ को भूकम्पबाट अछुतो रहन सकेन ।


भूकम्पले यहाँका घरमात्र होइन शैक्षिक संस्था पनि प्रभावित भए । खुम्जुङ माध्यमिक विद्यालयको भवन पनि भूकम्पले भत्कायो । सम्भवतः नेपालको उच्च स्थानमा रहेको एकमात्र माध्यमिक विद्यालय हो यो ।  


विद्यालय भवन भत्किएपछि विद्यार्थीको पढाइ पनि प्रभावित भयो । भूकम्पका कारण झन्डै अढाई वर्षजति यो विद्यालयमा पढ्ने विद्यार्थीले समस्या भोग्नुप¥यो । विद्यालयका कक्षा कोठा भत्किएपछि विद्यार्थी खुला आकाशमुनि बसेर पढ्न बाध्य भए ।


शिक्षक र विद्यार्थीले विद्यालय भवन अभावमा भोग्दै आएको समस्या शुक्रबारदेखि भने हटेको छ । विद्यालय भवन पहिले झै ठडिएको छ । नयाँ भवन पाएसँगै विद्यार्थी, शिक्षक र अभिभावकको मुहारमा खुसी फर्किएको छ । डोल्मा शेर्पा चारबाट पाँच कक्षामा  उक्लिएकै बेला भूकम्प आयो । उनले पढ्ने कक्षाकोठासँगै अन्य कोठा भूकम्पको धक्काले भत्किए । भवन पाउन डोल्मा र उनका साथीले झन्डै अढाई वर्ष कुर्नुप¥यो । ‘भूकम्पले कक्षाकोठा भत्किएपछि धेरै रोएँ, रोयौं’ उनले भनिन्, ‘अहिले नयाँ भवन पाउँदा निकै हर्षित  छु, भएका छौं ।’ हुन पनि हो नयाँ विद्यालय भवन पाएपछि डोल्माजस्तै अन्य विद्यार्थी फुरुङ देखिन्थे...

Source