Follow us: Youtube Android App
Somersby Nepal
दोलखा र मुस्ताङमा नेपाल टेलिकमको जिएसएम सेवा विस्तार
१९ मंसिर २०७४


काठमाण्डौ   नेपाल टेलिकमले मुस्ताङ र दोलखाका दुई स्थानमा  जिएसएम सेवा विस्तार गरेको छ । कम्पनीले मुलुकको अति विकट मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्ट र दोलखाको डाँडाखर्कमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।

स्याङबोचे भ्यु प्वाइन्टमा मंसिर १५ र डाँडाखर्कमा मंसिर ११ गते देखि सेवा सञ्चालनमा आएको नेपाल टेलिकमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।   मुस्ताङको दालोमे गाउँपालिका ३ मा स्याङबोचे भ्यु प्वाइन्टको बिटिएस टावर स्थापना गरिएको हो । उक्त टावरसँग मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउलाडाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ लिंकमार्फत बिटिएससँग सम्पर्क कायम गरिएको टेलिकमले जनाएको छ । 

सो टावरले छुसाङ, समर, घमी, सुरखाङ र अपर मुस्ताङको जोमसोम–कोरला हाइवे अन्तर्गत ताङवेदेखि जैतेसम्मकोे अधिकांश स्थानमा सेवा उपलब्ध गराउने जनाइएको ..........

Source