Follow us: Youtube Android App
Somersby Nepal
शिक्षालाई बिकेन्द्रीकरण गर्न १ अर्बका नयाँ कार्यक्रम
१९ मंसिर २०७४


देशको प्रादेशिक संरचनाअनुसार आधाभन्दा बढी शैक्षिक कार्यक्रम स्थानीय तहमा गएपछि त्यसको पूर्वाधार तयार गर्न सरकारले तत्कालमा लागि १ अर्ब रुपैयाँको नयाँ कार्यक्रम तय गरेको छ । सरकारले देशको प्रादेशिक र स्थानीय संरचना अनुसार शिक्षालाई बिकेन्द्रीकरण गर्ने नीतिअनुसार चालू आर्थिक वर्षमा २१ वटा नयाँ कार्यक्रमका लागि १ अर्बभन्दा बढीको कार्यक्रम स्थानीय तहमा पुग्नेगरी तय गरेको हो ।

शिक्षा मन्त्रालयले चालू आर्थिक वर्षमा शिक्षाका नियमितबाहेकका ग्रामीण क्षेत्रका जनतासँग प्रत्यक्ष सरोकार राख्ने २१ वटा नयाँ कार्यक्रमको कार्यान्वयनका लागि सो बजेट र कार्यक्रम तयार गरेको हो । सरकारले चालू आर्थिक वर्षबाट कार्यन्वयन हुनेगरी नयाँ कार्यक्रम सार्वजनिक गरेको हो । यसबाहेक सरकारले २ दर्जनभन्दा बढी कार्यक्रम बर्सेनि राख्दै आएको छ ।

केन्द्रीकृत शिक्षा प्रणालीलाई देशको प्रादेशिक र स्थानीय संरचनाअनुसार ग्रामीण क्षेत्रमा पहुँच विस्तार गर्ने लक्ष्यसहित नयाँ कार्यक्रम थप गर्न प्रारम्भिक चरणमा १ अर्ब रुपैयाँको कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । देश संघीय संरचनामा गएपछि .............

Source