Follow us: Youtube Android App
Somersby Nepal
यी हुन् यो वर्ष लञ्च भएका टपटेन स्मार्टफोन
१९ मंसिर २०७४


क्यालेन्डर अनुसारको वर्ष सन् २०१७ को अन्तिम महिना, डिसेम्बर चलिरहेको छ । सकिनै लागेको यो वर्षमा विश्वको प्रविधिको बजारमा धेरै नयाँ नयाँ चिजहरु आए ।स्मार्टफोनको कुरा गर्दा यो वर्ष भेजललेस फोन तथा डुअल क्यामरा जस्ता नयाँ फिचरले स्मार्टफोनको उद्योगमा नयाँ मानक स्थापित गर्ने प्रयास गरे ।

सबै कम्पनीहरु एक पछि अर्को गर्दै विभिन्न अत्याधुनिक स्मार्टफोनहरु बजारमा ल्याउन प्रतिस्पर्धामा रहे । हेरौँ यो वर्ष बजारमा आएका टपटेन स्मार्टफोनहरु:-

१. आइफोन एक्स: आइफोन एक्स यो वर्षको सबैभन्दा उत्कृष्ट स्मार्टफोन हो भन्दा फरक पर्दैन । यसमा ५.८ इन्चको भेजललेस डिस्प्ले रहेको छ, जसको रिजोलुसन ११२५ गुणा २४३६ रहेको छ ।

Source