Follow us: Youtube Android App
Somersby Nepal
‘नोकिया ८’लाई फोब्र्स स्मार्टफोन अफ द इयर
२२ पुष २०७४


काठमाडौं । नोकिया ८ लाई फोब्र्सले “स्मार्टफोन अफ द ईयर २०१७” घोषित गरिएको छ । थुप्रै स्मार्टफोनहरु मध्ये नोकिया ८ साथै आईफोन एक्स, सामसङ्ग ग्यालेक्सी एस८ एज प्लस र पिक्सल २ एक्सएल पनि २०१७ को स्मार्टफोन अफ द ईयरमा नाम सूचिकृत भएको छ ।

वर्ष २०१७ मा एच्एमडी ग्लोबलले नोकियासँग मिलेर नोकियाको पहिलो एण्ड्रोइड- पावर स्मार्टफोनको परिचय बजारमा गराएका हुन् । नोकियाको नयाँ हान्डसेट नोकिया ८ हाई-इन्ड एण्ड्रोइड स्मार्टफोनमा गनिन्छ । स्मार्टफोन अफ द ईयर २०१७ को लागि फोनको डिजाइन र फङ्सन मात्र नहेरी फोनले बजारमा ल्याएको चहलपहल र फोनमा उपलब्ध गराईएको नयाँ सुविधाहरुलाई पनि मुल्याङ्कन गरिएको हो ।

 

हाई-इन्ड स्मार्टफोनहरुको बजारमा धेरै होडबाजीे चलेको छ । २०१७ मा आईफोन एक्स, र एस ८ पिक्सल २ जस्ता नयाँ स्मार्टफोनहरुले ग्राहकहरुको ध्यान तानेका थियो ।
एच्.एम.डी ग्लोबलले नोकियाको पहिलो एण्ड्रोइड -पावर स्मार्टफोन निकाली नोकिया ६ बाट ग्राहकहरुलाई आकषिर्त गराएका थिए ।

 

जब नोकिया ८ बजारमा आए ग्राहकहरु नोकिया प्रति अझै प्रभावित हुन पुगे । नोकिया ८ को विशेषताहरु हेर्दा यसमा धेरै अनुसन्धान र मेहिनेत लागेको देखिन्छ...

Source