Follow us: Youtube Android App
Somersby Nepal
पूर्वी चितवनको चैनपुरमा कृषि क्याम्पस सञ्चालन गरिने
२५ पुष २०७४


चितवन । चितवनको रामपुरबाट कृषि कार्यक्रम ‘फेजआउट’ भएपछि त्रिभुवन विश्वविद्यालयले पूर्वी चितवनको चैनपुरमा कृषि क्याम्पस सञ्चालनको तयारी गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले खैरहनी नगरपालिका-४, चैनपुरस्थित तत्कालीन माओवादी लडाकु शिविर भुताहामा कृषि क्याम्पस सञ्चालन गर्न लागेको जनाएको छ ।


त्रिविका उपकुलपति रहेका तीर्थ खँनियाको चाहाना र खैरहनी नगरपालिकाको पहलमा माओवादी लडाकुहरुले तत्कालीन समयमा प्रयोग गर्दै आएको जग्गामा कृषि क्याम्पस सञ्चालन गर्न लागेको हो ।

 

खँनिया सोही क्षेत्रका स्थानीय हुन । उनी कांग्रेसका तर्फबाट चितवन क्षेत्र नः १ बाट प्रत्यक्ष तर्फ सिफारिसमा समेत परेका थिए । त्रिविले झापा र चितवनमा क्याम्पस सञ्चालनका लागि प्रक्रिया अघि बढाइसकेको छ ।

 

अहिले सो स्थानमा सशस्त्र प्रहरी बस्दै आएको छ । आगामी शैक्षिक सत्रदेखि नै क्याम्पस सञ्चालन गर्ने तयारी गरिएको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले जानकारी दिए ।

कंकाली सामुदायिक वनको ३ सय ५४ विगाहा जमिनमा क्याम्पस स्थापना गरिने छ । सुरुको वर्ष स्नातक तहमा ५० जना विद्यार्थीको भर्ना लिने जानकारी आएको मेयर चौधरीले बताए । खैरहनीका मेयर चौधरीले कृषिको केन्द्रीय क्याम्पस चैनपुरमै सञ्चालनमा गर्ने गरी तयारी ...

Source