Follow us: Youtube Android App
Somersby Nepal
अंग्रेजी माध्यम र खाजाले सामुदायिक विद्यालयमा विद्यार्थी बढे
२७ पुष २०७४


पर्वत  ।  कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा रहेको सार्वजनिक माविमा २०६१ देखि ०७२÷७३ को शैक्षिक सत्रसम्म विद्यार्थी संख्या ३ गुणा घट्यो । 

२०६१÷६२ मा ५०० को हाराहारीमा रहेका विद्यार्थी वर्षेनी घट्ने क्रम नरोकिँदा ०७३ सम्म आइपुग्दा १४४ मा झ¥यो । ०५३ मा माविको स्थायी अनुमति पाए पनि विद्यार्थी संख्याकै कारण मर्ज हुने स्थितिसम्म आएपछि शिक्षक र अभिभावक चिन्तित हुन थाले । विद्यालयलाई विद्यार्थी संख्या बढाउन शिक्षा कार्यालयले चुनौती नै दियो । त्यसका लागि १ वर्षको समय थियो । 

 

 

शिक्षक र अभिभावकले जुक्ति निकाले । विद्यार्थीलाई निःशुल्क खाजा खुवाउने । आगामी सत्रदेखि प्रावि तहमा अंग्रेजी माध्यमबाट अध्यापन गराउने । विद्यालयसँग आर्थिक स्रोत नभएपछि ०७३ को तिहारमा गाउँभरि भैलो खेलेर साढे रु चार लाख जुट्यो । त्यही रकमबाट प्राथमिक तहका विद्यार्थीलाई निःशुल्क खाजा खुवाउन थालियो । तर, अंग्रेजी माध्यमको शिक्षा सोही सत्रमा सम्भव भएन .....

Source