Follow us: Youtube Android App
Somersby Nepal
सामुदायिक शिक्षा सुधार्ने मौका
२८ पुष २०७४


काठमाडौँ ।  प्रजातन्त्र पुन:स्थापनापछि सरकारी विद्यालय शिक्षामा चरम राजनीतीकरण र मनोमानी बढ्दै गएको तथा शैक्षिक गुणस्तर खस्कँदै गएको हुनाले २०५८ सालमा विद्यालयको व्यवस्थापन समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रम आयो ।

 

शिक्षकहरूलाई शिक्षण पेसाप्रति जिम्मेवार बनाउन र राजनीतिक हस्तक्षेप तथा आर्थिक अनियमितता रोक्न विद्यालयप्रति समुदायको सक्रिय भूमिकाको आवश्यकता महसुस गरी विद्यालय सञ्चालन सम्बन्धी आर्थिक दायित्व राज्यले नै लिई व्यवस्थापनको जिम्मामात्र समुदायलाई दिने योजना अघि सारिएको हो ।

 

शैक्षिक व्यवस्थापन र गुणस्तरमा सुधार ल्याउन सामुदायीकरण नीति राज्यले अवलम्बन गरे पनि सरकारी विद्यालयमा सरकारले गरेको लगानी सदुपयोग हुनसकेन भने शिक्षक छनोट, नियुक्ति तथा दरबन्दी मिलानको समस्या वर्षौंदेखि झन्–झन् चुलिँदै गएको छ ......

Source