Follow us: Youtube Android App
Somersby Nepal
आविष्कार केन्द्रले बनायो ‘मेडिकल ड्रोन’
१४ चैत्र २०७४


म्याग्दी l सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ छिट्टै बजारमा आउने भएको छ।

जिल्लाको दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा औषधि ढुवानी, महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमुनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने आठवटा पंखा भएको र दुईवटा पखेटा भएको जहाजजस्तै उडान गर्ने दुई प्रकारको ‘मेडिकल ड्रोन’ केन्द्रको रिसर्च ल्याबमा अन्तिम चरणमा पुगेको अध्यक्ष पुनले बताए ।

 

‘अप्रिल महिनाको पहिलो–दोस्रो हप्तामा म्याग्दीको दुर्गम गाउँबाटै परीक्षण उडान गर्नेछौं । स्वास्थ्य मन्त्रालयसँग एक प्रकारको सम्झौतासमेत भइसकेको छ,’ पुनले भने । नेपालका अति दुर्गम क्षेत्रका स्वास्थ्य चौकीमा नियमित औषधि ढुवानी, विभिन्न रोगको प्रकोप फैलिएमा तत्काल ड्रोनको प्रयोग गरी आवश्यक उपकरणसहितका मेडिकल सामग्री पुर्याउनसमेत सहज हुने उनले बताए...

Source