Follow us: Youtube Android App
Somersby Nepal
फेसबुक विवादले माइक्रोसफ्टलाई चिन्ता
१५ चैत्र २०७४


प्रयोगकर्ताका डाटा लिक गरेको विवादमा सोसल मिडिया साइट फेसबुक फसेसँगै दिग्गज प्रविधि कम्पनी माइक्रोसफ्टको टाउको दुखाई सुरु भएको छ ।

फेसबुक विवादपछि अब प्रविधि जगतको नियमनका लागि कडा नियम कानून लागू हुनसक्ने चिन्ताले माइक्रोसफ्टलाई सताएको हो । यद्यपि, ब्लकचेन जस्ता उपकरणहरुले उक्त चिन्तालाई दूर गर्नमा सहयोग गर्नसक्ने चिन्ता उसको छ ।

 

माइक्रोसफट्का कार्यकारी उपाध्यक्ष पेग्गी जोनसनले एक अन्तर्वार्तामा भनेका छन्, ‘सबै संकेतहरुले यसतर्फ संकेत गरेका छन् की सायद प्रविधि उद्योगलाई अत्यधिक रुपमा नियमन गरिनेछ र हाम्रो काम नियमहरुको पालना गर्नु हुनेछ ।’ जोनसनले गोपनियतालाई लिएर आफ्नो कम्पनीको सिद्धान्त सदैव उच्च रहने र प्रयोगकर्ताको डाटाको सुरक्षालाई लिएर कम्पनी प्रतिबद्ध रहेको बताए ।

 

उनले भनेका छन, ‘ग्राहकका डाटा हाम्रा डाटा हुन् । त्यसलाई सुरक्षित राख्न सहयोग गर्नु हाम्रो काम हो । वर्तमानमा सिर्जित समस्या तथा चिन्ताहरु दूर गर्नमा केवल प्रविधिले नै सहयोग गर्न सक्दछ । जसको कथित दुरुपयोगकै कारण यो समस्या खडा भएको हो ...

Source