Follow us: Youtube Android App
Somersby Nepal
एप्पलका सिइओ भन्छन्- फेसबुकलाई लगाम लगाउन ढिलो भैसक्यो
१६ चैत्र २०७४


फेसबुकले आफूलाई धेरै पहिले नै नियमन गर्नु पर्दथ्यो, तर अब ढिला भैसकेको छ । यो भनाइ एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकको हो ।

रिकोड र एमएसएनबीसीलाई दिएको एक अन्तर्वार्तामा कुकले प्रयोगकर्ताका डाटालाई पैसा कमाउनका लागि दुरुपयोग गरेको भन्दै फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गलगायतका फेसबुकका अधिकारीहरुको आलोचना गरेका छन् ।

 

फेसबुकलगायतलाई प्रयोगकर्ताका निजी आँकडाको प्रयोग गरी मानिसहरुको विस्तृत प्रोफाइल तयार गर्न तथा विभिन्न स्थानहरुबाट जानकारी एकत्रित गरी त्यसलाई एकसाथ जोड्ने कार्यमा लगाम लगाउनुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘मलाई थाहा छ, सबैभन्दा उत्तम नियमन भनेको आत्म नियमन हो । तर मलाई लाग्छ हामी धेरै ढिलो भैसकेका छौँ ।’

 

कुक भन्छन्, ‘साँचो कुरा के हो भने हामी ग्राहकका डाटा बिक्री गरी अर्बाैं खर्बौँ डलर कमाउन सक्दछौँ, यदि हामीले आफ्ना ग्राहकलाई उत्पादनको रुपमा लिने हो भने । हामीले यसो नगर्ने बाटो रोज्यौँ ।’

 

यदि तपाइँ जुकरबर्गको अहिलेको अवस्थामा भएको भए के गर्नुहुन्थ्यो भनी सोधिएको प्रश्नमा कुकले आफू कहिल्यै पनि त्यस्तो अवस्थामा नपुग्ने दाबी गरे ..

Source