Follow us: Youtube Android App
Somersby Nepal
सावधान ! यसरी हुन्छ तपाइँको ह्वाट्सएपको जासूसी
१७ चैत्र २०७४


अहिले ह्वाट्सएपमा विश्वभरका अर्ब भन्दा बढि प्रयोगकर्ता छन् । जसका माध्यमबाट टेक्स्ट, इमेज, भिडियो तथा अन्य सामाग्रीहरु आफ्ना साथीसँग शेयर गर्दछन् ।

यद्यपि मानिसहरुलाई लाग्छ की ह्वाट्सएपबाट अत्यन्तै गोप्य तरिकाले सन्देश शेयर गर्न सजिलो छ । त्यसैले ह्वाट्सएपले लास्ट सिन अर्थात् पछिल्लोपटक ह्वाट्सएप लगइन गरेको समयलाई हाइड गर्ने फिचर पनि ल्याएको छ । जसबाट तपाइँ मानिसहरुको नजरबाट बच्न सकन्हुन्छ ।

 

तर ह्वाट्सएपमा मानिसहरुको नजरबाट बच्न यति सजिलो नहुने रहेछ । अहिले एउटा यस्तो एप आएको छ जसका माध्यमबाट तपाइँको कन्ट्याक्ट लिस्टमा रहेको जुनसुकै मानिसले तपाइँक्ो ह्वाट्सएप क्रियाकलापमा जासूसी गर्न सक्दछ । चाहे तपाइँ लास्ट सिन हाइड गर्ने लगायतका सेक्योरिटी फिचरहरु प्रयोग गरेको किन नहुनुस् ।

 

उक्त एपको नाम हो, च्याटवाच । नाम अनुसारकै काम छ यसको, ह्वाट्सएपमा भएका च्याटको निगरानी गर्ने । यो एपले तपाइँ कहिले ह्वाट्सएपमा अनलाइन हुनुहुन्छ भन्ने जानकारी दिन्छ ।

 

ह्वाट्सएपको पब्लिक अनलाइन र अफलाइन स्टेटस फिचरको प्रयोग गर्दछ । यसका माध्यमबाट तपाइँ दिनहुँ कतिबेला अनलाइन हुनुहुन्छ भन्ने कुरा अर्को मान्छेले थाहा पाउन सक्दछ । यो एपको मद्धतले कुनै व्यक्तिले अरु कुनै मानिससँग आपसमा च्इाट गरिरहनुभएको छ की छैन भन्ने कुरा पनि थाहा पाउन सकिन्छ ....

Source