Follow us: Youtube Android App
Somersby Nepal
सामुदायिक विद्यालयमा डेढ सय वर्षपछि बल्ल रंगीन पाठ्यपुस्तक
१८ चैत्र २०७४


भक्तपुर । सार्वजनिक विद्यालयका एक शिक्षकले ३ कक्षाका विद्यार्थीलाई सोधे, लालिगुराँसको रंग कस्तो हुन्छ ? विद्यार्थीले उत्तर दिए– ‘कालो’ । कारण, ती विद्यार्थीले श्यामश्वेत पुस्तकमा रंगीन लालिगुराँस देखेकै थिएनन् ।

सानो कक्षामा अध्ययन गर्ने विद्यार्थीमा पुस्तकमा जे छ, त्यही सत्य हो भन्ने मनोवैज्ञानिक प्रभाव हुन्छ । कक्षामा शिक्षकले कालो रंगको लालिगुराँसलाई वास्तवमा रातो हुन्छ भने पनि त्यो तहका बालबालिकाको दिमागले चित्रलाई बढी विश्वास गर्छ ।

 

नेपालको शैक्षिक इतिहासले डेढ सय वर्ष नाघिसक्यो । तर, अहिलेसम्म पनि सरकारी विद्यालयका विद्यार्थीले रंगीन पाठ्यपुस्तक देख्न पाएका छैनन् । बल्ल  सरकारले कक्षा १ देखि ५ सम्मको पाठ्युस्तक रंगीन छाप्न थालेको छ । शैक्षिक सत्र २०७५ बाट ५ कक्षासम्मका बालबालिकाले सबै पाठ्यपुस्तक रंगीन पढ्न पाउने भएका हुन् ।

 

पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक खुबीराम अधिकारीका अनुसार गत वर्ष कक्षा १ र २ का लागि केही पाठ्यपुस्तकमात्रै बहुरंगी ल्याइएकोमा यस वर्ष भने कक्षा १ देखि ५ का सबै पाठ्यपुस्तक बहुरंगी हुनेछन् ।

 

निजी विद्यालयमा बाल कक्षादेखि माध्यमिक तहसम्मै रंगीन पुस्तक पढाइ हुँदै आएको दशकौंपछि सरकारी विद्यालयमा भने बल्ल साना नानीहरुले बहुरंगी पुस्तक पाउने भएका छन् ।

 

श्री गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालय थापाथलीकी सहायक प्रधानाध्यापिका अनुपमा शर्मा भन्छिन्, “सरकारले कक्षा पाँचसम्मका लागिमात्र बहुरंगी किताब ल्याउने भएको छ । तर, आवश्यकता भनेको कक्षा १० सम्मकै विद्यार्थीलाई हो । स्कुलका बच्चा त सधैं सानै हुन्छन् । रंगीन अक्षर र चित्रले बालमनोविज्ञानलाई मनग्य प्रभाव पार्छ ।” माध्यमिकसम्म नभए पनि आधारभूत तह अर्थात् कक्षा ८ सम्मका विद्यार्थीलाई रंगीन किताब अपरिहार्य हुने उनको भनाइ छ ....

Source