Follow us: Youtube Android App
Somersby Nepal
यो हाे विश्वकै सबैभन्दा सानो कम्प्युटर
२० चैत्र २०७४


ताइवानको एलाइट ग्रुप कम्प्युटर सिस्टम्स (इसीएस) ले संसारको सबैभन्दा सानो विन्डोजमा आधारित मिनी पीसी ‘लिभा क्यू’ भारतको बजारमा ल्याएको छ । भारतमा यसको मूल्य करबाहेक १५ हजार ५ सय भारु पर्नेछ ।

यो पीसी आधुनिक इन्टेल अपोलो लेक एसओसी प्रोसेसर, ४ जीबी र्‍याम, ३२ जीबी ईएमएमसी एटोरेज र एचडीएमआई २.० बाट सज्जित छ । यसले ४ के कन्टेन्ट प्लेब्याकलाई सपोर्ट गर्छ ।

 

साथै यसमा ड्यूल नेटवर्क विकल्प, स्ट्यान्डर्ड आरजे ४५ लेन कनेक्टर, ८०२.११ एसीप्लस ब्लुटुथ, ४.१ वायरलेस कनेक्सनका साथ अनेक्टिभिटीको राम्रो विकल्प यसले प्रदान गर्छ ।

 

यसको माइक्रो एसडी कार्डले स्लट १२८ जीबीसम्मको मेमोरी कार्डलाई सपोर्ट गर्छ । यो सानो पीसीको तौल केवल २ सय ६० ग्राम छ भने साइज ७०/७०/३१.४ एमएम रहेको छ ।

 

यो पीसीलाई खल्तिमा बोकेर हिँड्न मिल्छ । यो विल्डोज १० अपरेटिङ सिस्टममा चल्छ । यसमा अगाडिपट्टी एउटा माइक्रो एसडी कार्ड स्लट छ जसले १ सय २८ जीबीसम्म स्टोरलाई सपोर्ट गर्ने कम्पनीको दावी छ ....

Source