Follow us: Youtube Android App
Somersby Nepal
के के छन परिस्कृत नयाँ स्मार्टफोनका फिचरहरु ?
२५ चैत्र २०७४


एनएफसी
एनएफसीको पूरा रुप नियर–फिल्ड कम्युनिकेसन हो । हालैका दिनमा प्राय सबै स्मार्टफोनहरुमा एनएफसीको प्रयोग हुनथालेको छ । एप्पलले आइफोन ६ र आइफोन ६ प्लसमा एनएफसी राखेको छ । एनएफसीले छोटो दूरीमा रहेका डिभाइसहरुबीच छिटो डाटा साट्न सक्ने क्षमता प्रदान गर्दछ त्यो पनि फोनहरुलाई एकैसाथ ट्याप गरेकै भरमा ।

 

यो गुगल वालेट र एप्पल पे जस्ता पेमेनट सिस्टममा आवश्यक छ । एनएफसीले फोटोहरु ट्रान्सफर गरेझै सुचनाहरुलाई पनि एक डिभाइसबाट अर्को डिभाइसमा ट्रान्सफर गराउछ ।


वायरलेस चार्जिङ
प्रविधिको विकाससगै बिनातार मोबाइल चार्ज गर्न सकिने उपकरणहरु पनि आएका छन् । स्मार्टफोन तथा ट्याबलेटहरुलाई चार्ज गर्न वायरलेस चार्जिङ प्याडहरु आएका छन् । यस्ता प्याडहरुमाथि फोन तथा ट्याबलेट राखेरमात्र चार्ज गर्न सकिन्छ । प्रोक्सी–टुडी मल्टी–डिभाइस रेजनन्ट सिस्टम यसको एउटा उदाहरण हो ।

 

फिङ्गरप्रिन्ट स्क्यानिङ
एप्पलले फिङ्गरप्रिन्ट स्क्यानिङ गरेर फोनलाई अनलकिङ गर्ने फिचरबाट प्रसिद्धी हासिल गर्यो तर पछि समसुङ एस५ तथा नोट ४ जस्ता स्मार्टफोनहरुले पनि यसको प्रयोग गरे । अहिले मिडरेन्ज तथा सस्ता स्मार्टफोनहरुमा पनि फिङ्गरप्रिन्ट स्क्यानिङ लगायतका फिचरहरु समावेश भएका छन...

Source