Follow us: Youtube Android App
Somersby Nepal
के हो पछिल्लो फेसबुक कान्ड ? ‘फेक न्युज’ देखि डाटा चोरीसम्म
२ बैशाख २०७५


एजेन्सी । डाटा चोरीको मुद्दामा योसाता अमेरिकी सांसदबाट आक्रामक प्रतिक्रिया पाएका फेसबुकका कार्यकारी अधिकृत मार्क जुकरवर्गले फेसबुक निर्माणका क्रममा पनि यति धेरै चुनौतिको सामना गरेका थिएनन् होला जति अहिले फेसबुकलाई बचाउनमा लागि परेका छन् ।

तर एक्लैले सम्पूर्ण गल्तीको जिम्मा लिए पनि जुकरवर्गले शिर उठाएरै सिनेटहरुसँग सवालजवाफ गरेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

 

अहिले धेरैले उनको आत्मविश्वास देखेरै फेसबुकको संकट अन्त्य गर्नका लागि केबल उनी मात्र क्षमतावान रहेको अभिव्यक्ति दिईरहेका छन् ।

 

वास्तवमा फेसबुक संकटको सुरुवात कहाँबाट र कसरी भयो त ? एकातर्फ फेसबुक विश्वका करोडौँ मानिसका लागि बरदान साबित भएको छ भने अर्कोतर्फ विभिन्न क्षेत्रमा यसले पुर्याइरहेको नकारात्मक असरलाई पनि नजरअन्दाज गर्न सकिँदैन ।

 

१. ‘फेक न्युज’ को व्यापकता

३३ वर्षकै उमेरमा विश्वका सर्वाधिक धनीको उपाधि पाइसकेका जुकरवर्गको कठिनाइको सुरुवात वास्तवमा ‘फेक न्युज’ बाट भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वप्रथम प्रचलनमा ल्याएको शब्द ‘फेक न्युज’ अर्थात गलत समाचारको प्रचारमा पनि फेसबुको नाम सबैभन्दा अगाडि आएको थियो । फेसबुकको लोकप्रियताले मानिसहरुमा अनलाइन मिडियाको पहुँच पनि उत्तिकै बढाइदिँदा त्यसले साना लगानीकर्ताहरुलाई समेत मनग्य आम्दानी गर्न सक्ने बाटो खुलाइदियो । त्यसैले फेसबुकको सहायताले पैसा कमाउने होडमा थुप्रै अनलाइन कम्पनीहरुले भ्युअर बढाउनकै लागि व्यापक रुपमा भड्किलो र गलत सूचनाको प्रचार गर्न थालेको भेटियो । यस्तोमा फेसबुक प्रयोगकर्तालाई पनि गलत र सही समाचारको पहिचान गर्न कठिन हुन थालेपछि धेरैले गलत सूचनाकै भरमा महत्वपूर्ण निर्णय लिए...

Source