Follow us: Youtube Android App
Somersby Nepal
उपेक्षामा सुस्तमनस्थिति विद्यालय
२० बैशाख २०७५


 बुटवल । बुटवलस्थित सुस्तमनस्थिति बाल विद्या मन्दिर (विद्यालय) सरकारी निकायको उपेक्षामा परेको छ । सुस्त मनस्थिति भएका बालबालिकाका अभिभावकको पहलमा ०५१ सालमा स्थापना भएको विद्यालय व्यवस्थित ढंगले संचालनका लागि सरकारी निकायले चासो नदिंदा संचालनमा कठिनाइ उत्पन्न भएको छ ।

विद्यालयमा ४५ जना सुस्त मनस्थिति भएका बाल बालिका र किशोर-किशोरी छन् । उनीहरुलाई हेरचाह गर्न र पढाउन एकजना राहत कोटाका शिक्षक र एकजनजा पियनको मात्रै सरकारी दरबन्दी छ । बांकी ६ जना शिक्षक र एकजना बस चालकको तलब विद्यालयले आफै जोहो गर्नुपर्छ ।

 

सुरुका वर्षमा स्वीस नेपाल फ्रेण्डसिप एशोसिएसनले वार्षिक एक हजार स्वीस फ्रयाङक र आम्दा हाइ स्कूल स्टुडेन्ट जापानले वाषिर्क एक लाख बढी रकम सहयोग गर्दै आएकमा केही वर्षयता उक्त दुबै सहयोग बन्द भएपछि विद्यालय संचालनमा कठिनाइ आएको हो ।

 

अन्य प्रकृतिका अपांगता भएकाको हकमा राज्यले सम्बोधन गरेपनि बौद्धिक अपांगता (सुस्त मनस्थिति) भएकालाई उपेक्षा गरेको विद्यालय संचालक र अभिभावकहरुको गुनासो छ ।

 

‘एक जना शिक्षक र एक जना पियनको तलब मात्रै सरकारी निकायबाट आउंछ’- विद्यालयका अध्यक्ष लोकनाथ भुसालले भने-‘अरु ७ जना शिक्षक र कर्मचारीलाई अभिभावक आफैले रकम संकलन गरेर, सहयोगी संघसंस्था र व्यक्तिबाट चन्दा/सहयोग उठाएर जेनतेन चलाएका छौं ।’
शिक्षक कर्मचारीको तलब खर्च नै मासिक करिब एक लाख हुने गरेको भुसालले बताए । बुटवल उपमहानगरपालिकाले विद्यालयलाई वर्षमा एक लाख मात्रै दिंदै आएको छ । अरु कुनै निकायबाट नियमित सहयोग छैन ।

 

सम्बन्धित निकायको उपेक्षामा परेकाले व्यवस्थित ढंगले विद्यालय संचालन गर्न ज्यादै कठिनाई भइरहेको अध्यक्ष भुसालले गुनासो गरे । ‘सुस्त मनस्थितिको अपांगता अन्य अपांगता भन्दा बढी जटिल र अप्ठ्यारो हुन्छ, तर राज्यले यसलाई सम्बोधन गरेको छैन’-सुस्त मनस्थिति भएका विद्यार्थीका अभिभावक चन्द्रमान श्रेष्ठले भने-‘सुस्त मनस्थिति भएका बालबालिकाको हेरचाह र संरक्षणमा राज्यले ध्यान दिएको छैन, सबै अभिभावकले चन्दा उठाएर विद्यालय चलाउन सक्दैनन् ।’

 

हालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि यो विद्यालयका पुर्व अभिभावक हुनु । देशभर करिब १५ लाख जनामा सुस्त मनस्थितिको समस्या रहेको अनुमान छ ।

 

यस्तो विद्यालयमा मानवीय ब्यवहार, सीप विकास, खेलकुद र मनोरन्जन जस्ता माध्यमबाट सुस्त मनस्थिति भएकालाई व्यवहारिक ज्ञान दिइन्छ । सुस्त मनस्थिति विभिन्न चार तहको हुन्छ । जसमा माइल्ड र डाउन सिन्ड्रोम तहकाले सिकाएको कुरा सिक्न सक्छन् भने मोड्रेडले अति कम सिक्न सक्छन् भने सिभिएर तहको सुस्त मनस्थिति भएकालाई सिक्न कठिन हुन्छ ।

Source