Follow us: Youtube Android App
Somersby Nepal
फेवातालमा मापदण्ड विपरीत बनेका संरचना भत्काउन अनेरास्ववियुको चेतावनी
२० बैशाख २०७५


पोखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले फेवातालमा मापदण्ड विपरीत बनाइएका संरचना भत्काउन र अतिक्रमित जमिन फिर्ता गर्न चेतावनी दिएको छ ।

अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटी कास्कीले बिहीबार पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएको हो ।

 

अनेरास्ववियुले प्रदेश सरकार र महानगरपालिकालाई सर्वोच्च अदालतले दिएको आदेश अनुसार फेवातालमा मापदण्ड विपरीत बनाइएका संरचना भत्काउन र अतिक्रमित जमिन फिर्ता गरी तालको आयतन बढाउन माग गर्दै आफ्नो आग्रहलाई बेवास्ता गरी सम्बन्धित क्षेत्रले चासो नदिएमा अनेरास्ववियु आफै मैदानमा उत्रिने बताएको छ ।

Source