Follow us: Youtube Android App
Somersby Nepal
निजी विद्यालयले नियमविपरीत असुलेको शुल्क फिर्ता हुने, शिक्षा विभागको ताला खोलियो
२२ बैशाख २०७५


काठमाडौँ l शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र स्थानीय तहहरुको समन्वयमा निजी विद्यालयहरुले बढाएको शुल्क फिर्ता लिन अनुगमन समिति बनाइने भएको छ ।

संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ को कार्यान्वयन गर्ने सर्वपक्षीय सहमतिपछि शनिबारबाट विद्यार्थी संगठनहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छन् । शिक्षा विभागमा बिहीबार लगाइएको ताला पनि खोलिएको छ ।

 

शुल्क मापदण्ड निर्देशिकालाई कार्यान्वयन गर्दै गैरकानुनी रुपमा निजी विद्यालयले अभिभावकहरुसँग असुलेको शुल्क अनुगमन समितिमार्फत फिर्ता गर्ने निर्णय गरिएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए । ‘अनुगमन गर्न स्थानीय तहहरुमा बन्ने समितिको सहजीकरण शिक्षा मन्त्रालयले गर्नेछ,’ उनले भने ...

Source