Follow us: Youtube Android App
Somersby Nepal
सरकारले अनलाइन मिडियाको परिभाषा खोजेको छ : सञ्चार राज्यमन्त्री
२२ बैशाख २०७५


सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सोसल साइट र अनलाइन मिडियाको परिभाषा खोजेको बताएका छन् ।

उनले जनताद्वारा अनुमोदित भएर बनेको लोकतान्त्रिक सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु ठूलो भूल हुने बताए । उनले भने,‘सरकारले श्रमजीवि पत्रकारका बारेमा सोचेको छ । पत्रकारिताको नाममा केही मिडियाले मान्छेलाई आत्महत्या गर्न बाध्य बनाइने खालको विषय छाप्ने गरेका छन् । यिनको नियमन गर्न कानुन बन्न जरुरी छ ।’


बनेपामा नेपाल पत्रकार महासंघ काभ्रे जिल्ला शाखाको वार्षिक साधारणसभा तथा प्रदेशसभा निर्वाचन कार्यक्रममा पुगेका मन्त्री बाँस्कोटाले राणा, पञ्चायत र राजा तथा प्रतिगमन फालेर जनताद्वारा अनुमोदित सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँन नसक्ने बताए...

Source