Follow us: Youtube Android App
Somersby Nepal
विद्यालय बन्द गरेर जन्तीलाई बास
३१ बैशाख २०७५


 वैशाख ३१ – सिरहाको गोलबजार नगरपालिका–८, चोहर्वा भाइजीटोलमा रहेको जनता आधारभूत विद्यालयमा पढाइ नै प्रभावित हुने गरी जन्ती राखेकोे छ ।

लालमोहन मण्डलको छोरीको विवाहमा लहनबाट आएका जन्ती (बरियाँती)लाई विद्यालयमा बासको व्यवस्था मिलाएको हो । गाउँमा छोरीको विवाहमा जन्ती आउने भएपछि यही विद्यालयमा बरियाँती राख्ने र खानपान गराउने गरेको स्थानीयबासीले बताएका छन् ।

 

आइतबार बेलुका आएका जन्ती विद्यालयमा बसेपछि सोमबार विद्यालयको पढाई प्रभावित भएको छ ।  कक्षा ८ सम्म पठन पाठन हुने यस विद्यालयमा २ सय ४० जना विद्यार्थी अध्ययन गरिरहेको प्रधानाध्यापक रामदेव मण्डलले बताउनुभयो ।..

Source