Follow us: Youtube Android App
Somersby Nepal
कामीरिता शेर्पाले २२ औंपटक सगमाथा आरोहरण गरेर राखे विश्व रेकर्ड
२ जेठ २०७५


काठमाडौं । नेपाली नागरिक कामीरिता शेर्पाले २२ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् ।

बुधबार बिहान ८ बजेर ३० मिनेटमा सगरमाथाको आरोहण गरेर उनले यसअघि २१ पटक सगरमाथाको शिखरमा पुगेका आप्पा शेर्पाको विश्व कीर्तिमानी तोडेका हुन् ।

 

कामीरिताले आरोहणमा जानुअघि आफूले आप्पाको कीर्तिमान तोड्न नभइ काम र बाध्यताले जान लागेको बताएका थिए ।

 

पासाङल्हामु गाउँपालिका–५, थामे, सोलुखुम्बुका ४८ वर्षीय कामीरिता अब संसारको अग्लो शिखरमा सबैभन्दा बढीपटक पाइला राख्ने आरोही बनेका छन् ...

Source