संसद् विघटन गरेर प्रधानमन्त्री–राष्ट्रपतिको कदमले गम्भीर विचलन ल्याएको भन्दै संविधान निगरानी समूहले सो कदम अविलम्ब सच्याउन माग गरेको छ ।
संकीर्ण राजनीतिक स्वार्थ र दाउपेचमा संवैधानिक पद्धति आहत भएको भन्दै समूहले राजनीतिक आवश्यकता वा बाध्यताको बहानामा संविधानमाथि राजनीति नगर्न खबरदारी गरेको छ । संविधान निगरानी समूहका तर्फबाट पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, आमनिर्वाचन पर्यवेक्षण समूह जियोकका अध्यक्ष हिमालयशमशेर जबरा, संविधानविद् डा. सूर्य ढुंगेल, नेपाल कानुन समाजका अध्यक्ष तीर्थमान शाक्य, संविधानसभा सदस्य खिमलाल देवकोटा ...