Follow us: Youtube Android App
‘सरकार संघीयता बलियो बनाउन लागिपरेको छ, तोकिएकै समयमा चुनाव हुन्छ’
६ फागुन २०७७

काठमाडौं । संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । सरकारले वैशाखका लागि चुनावको मिति घोषणा गरे पनि अदालतले संसद् भंग बदर गर्‍यो भने चुनाव आवश्यक पर्दैन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता रहेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली भने ताजा जनादेश नै अहिलेको आवश्यकता भएको बताउँछन् । उनी भन्छन्, ‘ताजा जनादेशले मुलुकलाई एउटा राजनीतिक स्वच्छतातिर लैजान्छ । पुनर्स्थापनाले राजनीतिक अस्थिरता र अवसरवादी गठबन्धनतिर लैजान्छ, छनौट तपाईंको ।’

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता संवैधानिक व्यवस्थालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनावश्यक आक्षेप लागेको उनको भनाइ छ । पशुपतिनाथ मन्दिरमा पूजा गर्न जाँदा शंका गर्ने दृष्टिकोण नै खोटपूर्ण भएको मन्त्री ज्ञवाली बताउँछन् ।

अब प्रदेश सभा विघटन हुन्छ कि भन्ने शंका पनि त्यही दृष्टिदोष रहेको मन्त्री ज्ञवालीको भनाइ छ ।

प्रस्तुत छ, प्रवक्ता ज्ञवालीसँग अनलाइनखबरले गरेको अन्तर्वार्ताको सम्पादित अंश :

संसद् विघटन भएको दुई महिना भयो । यसबीचमा नेकपाका नेताहरूले एकअर्काविरुद्ध अराजनीतिक, अमर्यादित र छुद्र शब्दहरू प्रयोग गरेको सुनियो । राजनीतिमा यस्तो पनि चल्छ ?

भनिन्छ, सबै तर्क सकिएपछि गालीगलौजको साहारा लिनुपर्छ । अहिले कतिपय साथीको अवस्था त्यही देखिरहेको छु । राजनीतिमा विवाद, मतभिन्नता हुन सक्छन् । अत्यन्तै दुरी पनि हुन सक्छन् । तिनीहरूलाई वैचारिक ढंगले ‘डिल’ गरियो भने त्यसको पनि अर्थ हुन्छ ।

तर, अहिलेका बहसहरूमा कतिपय पक्षले प्रयोग गरिरहेका शब्दहरू राजनीतिक छैनन् । यसको अर्थ तर्कहरू सकिएर गालीगलौजको साहारा लिनुभएको छ । मान्छेको स्वास्थ्यमाथि, शारीरिक बनोटमाथि, नियतमाथि त्यो पनि झूटको सहारा लिएर प्रयोग भइरहेको शब्दावली दुःखदायी छन् । राजनीतिलाई विकृत बनाउने, राजनीतिप्रति वितृष्णा बढाउने खालका छन् ।

मैले हरसम्भव प्रयास गरिरहेको छु– यसलाई मर्यादित बनाऔं । भोलि कुनै घुम्तीमा भेट त हुन सक्ला । भेटै भएन छ भने पनि फरक–फरक राजनीतिक मान्यताका सहयात्रीका रूपमा त यही समाजमा गर्नुपर्ने हुन्छ ।

अवस्था रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुरमा थुन्नेसम्म पुगेको देखियो । त्यो स्वाभाविक थियो ? ...

समाचार स्रोत :