Follow us: Youtube Android App
‘कोभिड–१९ को अर्को लहरबाट सुरक्षित रहन सहयोग गर्छौं’
२१ चैत्र २०७७

काठमाडौँ l मुलुकमा कोभिड–१९ को महामारी चलिरहेका बेला २०२० अगस्टमा पहिलो पटक नेपाललाई कोरोना भाइरसविरूद्धको खोपको आशा देखाउने मुलुक हो– रूस । त्यसबेला नेपालका लागि रूसका राजदूतले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग सिंहदरबारमा भेटेर आफ्नो देशले कोभिड–१९ विरूद्धको खोप उत्पादन गरेको र नेपाललाई पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । रूसी खोप ‘स्पुतनिक–५’ नेपालमा आइसकेको भने छैन ।

रूसले सहयोग गर्ने भनेको खोप, नेपालको रेल्वे परियोजनामा चासो, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा नेपालका लागि रूसका राजदूत अलेक्से नोभिकोभसँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको इमेल अन्तर्वार्ताको सम्पादित अंश :

तपाईंले ६ महिनाअघि नै रुसले नेपाललाई कोभिड–१९ खोपमा सहयोग पुर्‍याउँछ भन्नुभएको थियो तर अहिलेसम्म रुसी भ्याक्सिन आइपुगिसकेको छैन नि, किन ?

रुस र नेपाल लामो समयदेखि नजिकको मित्र रहँदै आएका छन् । नेपाली जनताले कोभिड–१९ मा सामना गर्नुपरेका चुनौतीका बारेमा हामी सधैं ध्यान दिइरहेका छौं । यो महामारीले पर्यटन क्षेत्रलगायत नेपाली अर्थतन्त्रलाई नराम्ररी असर गरेको छ । २०२० सेप्टेम्बरमा हामीले पहिलो भ्याक्सिन ‘स्पुतनिक–५’ को विकास गरेका थियौं । लगत्तै रुसले नेपाललाई २५ मिलियन डोजसम्म उक्त भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । रुस नेपाल सरकारलाई, नेपाली जनतालाई आवश्यक पर्ने भ्याक्सिन सक्दो चाँडो उपलब्ध गराउन प्रतिबद्ध छ । हामी उक्त भ्याक्सिन नेपालमा दर्ता गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यसअन्तर्गत रहेको औषधि व्यवस्था विभागसँग नियमित सम्पर्कमा छौं । ‘स्पुतनिक–५’ को क्लिनिकल परीक्षण र अन्य आवश्यक सूचनाको सम्बन्धमा रुस पारदर्शी छ ।

स्पुतनिक–५ कति प्रभावकारी छ ? कति देशले यो खोप लगाए त ? ...

समाचार स्रोत :