Follow us: Youtube Android App
अर्को पार्टी खोल्ने निर्णय गर्‍यौं : माधव नेपाल
९ जेठ २०७८

काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा (एमाले) भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ ।

यी घटनाक्रमसँगै पार्टी पुन: लगभग विभाजनको अवस्थामा पुगेको छ । वरिष्ठ नेता नेपालले अर्को पार्टी खोल्ने निर्णयमा पुगेको बताएका छन् । उनीसँग गरिएको कुराकानी :

एमाले फेरि फुटको दिशामा लागेको हो ?

केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्‍याउँदै हुनुहुन्छ । अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ ।

तपाईंहरूकै चाहिँ कुरा के हो त ?

ओलीजीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँमा जाने हाम्रो स्थायी कमिटीको निर्णय नै छ । हाम्रो आज (शनिबार) पनि बैठक बसेको थियो, उहाँको अलोकतान्त्रिक कदमविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छौं ...

समाचार स्रोत :