Follow us: Youtube Android App
राजा फर्किने हल्ला
५ कात्तिक २०७८

विजयादशमी भर्खरै बिदा गरेर दीपावली र छठ जस्ता पर्व पर्खेर बसेका छन् करोडौँ नेपाली। आफूलाई ‘पूर्वराजा’ घोषणा गरेर बेलाबखत देशबासीलाई सन्देश दिने ज्ञानेन्द्र शाहले दसैँका अवसरमा दिएको शुभकामना सन्देश निकै चर्चित भएको छ।

त्यसमा केही जिज्ञासा, असन्तुष्टि, आक्रोश र शुभेच्छा मिश्रित भावना छन् भन्नेहरू धेरै छन्। सन्देश सुनेपछि राजसंस्था समर्थकहरू चाहिने भन्दा धेरै उत्साही देखिए। गणतन्त्रवादीमध्ये धेरैजसो मौन बसे। आफूलाई ‘राजावादी’ भन्न रुचाउनेमध्ये कतिपय उत्ताउलाहरूले लडाईँ नै जितेझैँ चर्को प्रतिक्रिया जनाए। सच्चा राजतन्त्रवादी (मोनार्किस्ट) थोरैमात्र भएकाले उनीहरूले ‘राजाको सदाशयपूर्ण मनसाय’ स्वागतयोग्य छ भन्नेमात्र टिप्पणी गरेका छन्।  

संसारमा धेरै राजा गद्दीच्युत भए पनि कालान्तरमा जनताले ससम्मान गद्दीमा फिर्ता बोलाएको इतिहास पनि छ। राजाका वरिपरि ज्ञानी, विवेकी, उदार, सज्जन र दीर्घकालको मार्गचित्र बनाउन सक्ने क्षमतावान (कम्पिटेन्ट) मानिस छन् भने राजतन्त्रको पुनर्बहाली हुने प्रबल सम्भावना रहन्छ ...

समाचार स्रोत :