Follow us: Youtube Android App
‘प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई राजीनामा देऊ भन्नुपर्छ’- शेखर कोइराला
१२ कात्तिक २०७८

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि उठेका प्रश्न गम्भीर भएकाले न्यायालयको नेतृत्व गर्न अक्षम भएको भन्दै नेपाल बार एसोसिएसनले राजीनामा मागेको छ । जबराले प्रधानन्यायाधीश रहेर न्यायालयको नेतृत्व गर्न नसक्ने भन्दै बारले राजीनामा नदिए दबाबमूलक कदम चाल्ने भनेको छ ।

सहकर्मी न्यायाधीश र बारकै साथ नपाएका जबरा भने प्रधानन्यायाधीशबाट कुनै पनि हालतमा राजीनामा नदिने बरु महाभियोगको सामना गर्न तयार रहेको बताउँदै आएका छन् । सर्वोच्च अदालत र यसको नेतृत्वको कार्यशैलीलाई लिएर विवाद चर्किरहेका बेला कांग्रेस नेता शेखर कोइरालासँग कान्तिपुुरका लागि कुलचन्द्र न्यौपानेले गरेको कुराकानी :

न्यायालयभित्र अहिले देखिएको संकटलाई कसरी सम्बोधन गर्ने होला ? तपाईंको दृष्टिकोण के छ ?

यो विवाद प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको क्रियाकलापबाट सुरु भएको हो । अब निकास पनि उहाँले नै दिनुपर्छ । अरूले राजीनामा दिनुपर्छ भन्ने कुरा आउँदैन । न्यायपालिकाभित्र आफ्नै साथीहरूलाई विषय प्रस्ट पारेर मिलाउन सक्नुपर्दथ्यो । मिलाउन सकेको देखिएन । मिलाउन सक्नुहुन्छ भने ठीक छ, सडकमा माग्दैमा राजीनामा दिन्नँ भनेर बस्ने होइन । सर्वोच्च अदालतका न्यायाधीशहरू सडकका होइनन् । राजीनामाको अर्को विकल्प मैले देख्दिनँ ।

आफ्नै नेतृत्वका कारण समग्र न्यायपालिका संकटमा परेको छ भनेर पूर्व र बहालवाला न्यायाधीशहरू चिन्तित हुँदा दलहरू किन मौन बसेका होलान् ? ...

समाचार स्रोत :