Follow us: Youtube Android App
५० करोड डलरको एमसीसी नेपालभित्र खेल्ने अमेरिकी चाल हो : वाङ यिवेई (अन्तर्वार्ता)
२२ कात्तिक २०७८

वाङ यिवेई चीनको बेइजिङस्थित रेनमिन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक हुन्। विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्स र सेन्टर अफ युरोपियन स्टडिजका निर्देशक पनि हुन्।

नेपाल लगायत दक्षिण एसियाली मुलुक र चीनबीचको सम्बन्धबारे समेत विशेष चासो राख्ने वाङले बेल्ट एन्ड रोड इनिसियटिभबारे अध्ययन गरेका छन्। उनको चाइना कनेक्ट्स द वर्ल्डः ह्वाट बिहाइन्ड द बेल्ट एन्ड रोड इनिसियटिभ, द डिक्लाइन अफ मोडर्न सिभिलाइजेसन एन्ड डन अफ कम्युनिटी अफ सेयर्ड फ्युचर फर म्यानकाइन्ड पुस्तक प्रकाशित छन्। वाङसँग नेपालखबरले गरेको कुराकानीको सारसंक्षेपः

नेपाल–चीन द्विपक्षीय सम्बन्धको पछिल्लो अवस्थाबारे यहाँको बुझाइ के छ? देउवा नेतृत्वको वर्तमान सरकारसँग चीनले कसरी ‘डिल’ गर्दैछ?
नेपाल हाम्रो निकट छिमेकी मुलुक हो। पछिल्ला वर्षमा चीन र नेपालबीच विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ। बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को फ्रेमवर्कभित्र रहेर हाम्रो सहकार्य अघि बढेको छ। नेपाल आफैँ विकास र स्थायित्वमा लम्किन सकोस् भन्ने चीनको चाहना हो...

समाचार स्रोत :