Follow us: Youtube Android App
‘अबको नेतृत्व हाँक्न सोचाइ र योजनाका हिसाबले तयार छु’
१३ मंसिर २०७९

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नं ४ बाट विजयी भएका छन्। निर्वाचनमा प्रतिस्पर्धा गर्ने क्रममै आफूलाई प्रधानमन्त्रीका रूपमा मतदातामाझ प्रस्तुत गरेका थापाले चुनावी परिणाम आफ्नो पक्षमा पारेका छन्। नयाँ सरकारमा उनको नेतृत्वको सम्भावनासहितका विषयमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले सोमबार थापासँग गरेको कुराकानीको सम्पादित अंश:

आफ्नो विजयलाई कसरी लिनुभएको छ ?

यो निर्वाचन घोषणा भएको समयतिर मेरो निर्वाचन क्षेत्रबाट निर्वाचित हुने कुरा मेरा लागि धेरै प्रतिकूल छ भन्ने मलाई थाहा थियो। तर मैले मनका कुरा बताउन सकें भने र त्यसले मेरा मतदाताको मन छोयो भने सीधै मत आउँछ भन्ने थाहा थियो। त्यसैले मेरो मनभित्र भइरहेका असन्तुष्टि, आक्रोष, विद्रोह, छटपटाहट जे थियो, त्यो मैले मतदातालाई बताएँ। मेरा योजना पनि बताएँ। निर्वाचनका बेलासम्म पुग्दा मभन्दा बढी चिन्तित मेरा मतदाता बनिसकेका थिए। जसले गर्दा निर्वाचन जित्ने र यो परिणाम आउने प्रक्रिया स्वाभाविक बन्यो। तीन महिनाभित्रमा त्यो फरक कसरी भयो भन्नेबारेमा नजिकबाट नियाल्ने मौका पाएँ।

तपाईंमाथि कुसूचनाको प्रभावले पनि धेरै अप्ठ्यारो पार्न खोजेको थियो होइन ? तपाईंमाथि विभिन्न खालका आक्रमण भएका थिए भन्ने लाग्छ ? ...

समाचार स्रोत :