काठमाडौँ — कांग्रेस र माओवादीसहित आठ दलको समीकरण बनेपछि एमाले सोमबार सरकारबाट बाहिरिएको छ । उपप्रधान र अर्थसहित आठ मन्त्रालय, प्रदेशमा चार मुख्यमन्त्रीसहित सत्तामा सामेल एमाले अब सरकारविरुद्ध राजनीतिक अभियान चलाउने तयारीमा लागेको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएलगत्तै निवर्तमान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग गंगा बीसीले गरेको कुराकानी :
दुई महिनामै एमाले सरकारबाट बाहिरिनुपर्ने अवस्था कसरी आयो ?
नेपाल अस्थिरतातर्फ अभिमुख भयो भन्ने लाग्छ । दलहरूबीच विश्वासमा ठूलो खाडल पैदा भएको छ । आपसमा भएका औपचारिक सहमति कार्यान्वयन नहुने हो भने देश कसरी अघि बढ्छ भन्ने गम्भीर प्रश्न उत्पन्न भएको छ ।
राजनीतिमा न्यूनतम नैतिकता हुन्छ, सत्ताको अगाडि त्यसको मान्यता हुँदो रहेनछ हैन ? ...