Follow us: Youtube Android App
औचित्यहीन विमानस्थलमा पैसा नउडाऊ
३० चैत्र २०७९

नेपालको पूर्वाधार विकास कतिसम्म हचुवाका भरमा भैरहेको छ भन्ने एउटा दृष्टान्त हो— अन्धाधुन्ध विमानस्थल निर्माण । स्थानीय आवश्यकता, प्रचुर सम्भाव्यता एवं तर्कसंगतिका आधारमा नभएर चुनावमा मत बटुल्न तथा सस्तो लोकप्रियता कमाउन मात्रै विमानस्थल बनाउने होडबाजी निरन्तर छ । यस्तो औचित्यहीन पूर्वाधार निर्माणले व्यर्थै बजेट मात्रै सकेको छ, देश विकास भएको छैन । अतः देश विकास नगर्ने यस्ता संरचना विकासको सिलसिला अब रोकिनुपर्छ ।

आफ्नो गाउँ–ठाउँमा विमानस्थल बनोस् र नियमित जहाजहरू उडून् भनेर नागरिकहरूले सोझो कामना गर्नु अन्यथा होइन । कैयौं पालिका सडक सञ्जालले जोडिनै बाँकी रहेको, र बाह्रैमास गाडी गुड्न सक्ने बाटो अझ कम भएको नेपालजस्तो मुलुकमा विमान सेवा यातायातको एउटा विकल्प अवश्य हो । तर पनि नियमित यात्रु संख्या एवं सञ्चालन खर्च लगायतले गर्दा सबै ठाउँमा विमानस्थल प्रयोगमा आउन नसक्ने सत्यको अर्को पाटो हो । यो यथार्थ बुझेर पूर्वाधार विकासको उपयुक्त नमुना छनोट गर्नुपर्ने दायित्व सरकार तथा जनप्रतिनिधिहरूको हो । तर उनीहरू नै विमानस्थल निर्माणलाई रोमाञ्चक एजेन्डा बनाएर राज्यधन उडाउन उद्यत छन् ।

यसरी बनेका कति विमानस्थलमा नियमित विमान होइन, राज्यको लगानी मात्रै उडेको छ । काठमाडौंसहित देशभर ५२ विमानस्थल छन्, जसमध्ये १९ वटा बन्द छन् । चालु अवस्थाका ३३ मध्ये २० विमानस्थल दुर्गम तथा हिमाली भेगमा छन्, जहाँ जहाज कहिले आउने, यकिन हुँदैन । कति पहिले नियमित चल्ने गरेका हवाई अड्डा पनि छेउछाउ सडक पुगेपछि अहिले बन्द छन् । ताज्जुबलाग्दो त, यात्रु अभावमै बन्द भएका विमानस्थललाई पनि नेताहरू पुनः चलाउन आश्वासन दिइरहन्छन्, र बेहिसाब विकासका भोका नागरिकहरू त्यसमै ताली पिट्न मस्त छन् ...

समाचार स्रोत :