Follow us: Youtube Android App
Somersby Nepal
नेपालमा नयाँ सेल्फी एक्स्पर्ट सार्वजनिक गर्ने ओपोको तयारी
६ कात्तिक २०७४


काठमाडौं । ओपो मोबाइलले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट सार्वजनिक गर्ने तयारी गरेको छ । सार्वजनिकको तयारीमा रहेको ओपोको नयाँ फोन नेपालमा ब्राण्डकै पहिलो फुल स्क्रीन मोडल हुनुका साथै यसमा नेपाली सेल्फी प्रेमीलाई विशेष ध्यानमा राखि उद्योगकै पहिलो आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) प्रविधि उपलब्ध गरिएको छ ।

यसले कम्पनीको ‘दि सेल्फी एक्स्पर्ट एण्ड लिडर’को परिचयलाई थप सुदृढ बनाउनुका साथै सेल्फी मनपराउने यूवा जमातको समग्र मागको सम्बोधन गर्ने आशा गरिएको छ ।

एआई ब्यूटी रिकग्निसन प्रविधिः ‘क्याप्चरिङ दि रियल यू’

नेपालमा उपस्थित फोन ब्राण्ड मध्य पहिलो पटक ओपोले यस फोन मार्फत सेल्फीका लागि फ्रण्ट क्यामेरामा आर्टिफिसियल ईन्टेलिजेन्सी प्रविधि समाहित गरेको छ । नयाँ सेल्फी एक्स्पर्टमा अत्याधुनिक एआई ब्यूटी प्रविधि .................