Follow us: Youtube Android App
असंलग्न कूटनीतिले थलिएको सेना
१९ साउन २०८०

सांसद स्वर्णिम वाग्ले र विमला राई (पौड्याल) ले नेपाली सेनाको संख्या कटौतीबारे अभिव्यक्ति दिएपछि यसले बहसलाई सघन बनाएको छ। कतिपयले यसलाई पूर्वाग्रही र सेनाको मनोबल गिराउने तथा कुत्सित स्वार्थले प्रेरित भनेका छन् भने कतिपयले उपयुक्त ठहर्‍याएका छन्। तर जिम्मेवार निकायमा रहेका बौद्धिक व्यक्तित्वहरूको टिप्पणीलाई शंका, प्रतिशोध र नियतसँग जोड्नुभन्दा रचनात्मक र वस्तुपरक ढङ्गबाट बहस, अध्ययन र विश्लेषण गर्न जरुरी छ।

बीबीसी नेपाली सेवाका अनुसार ९ चैत २०७९ मा पोखरामा भूतपूर्व सैनिक सम्मेलनको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली सेनाका प्रमुख प्रभुराम शर्माले नेपाली सेनाको सङ्ख्या र व्यावसायिकताबारे उठेको सवालमाथि कडा प्रतिक्रिया दिए।

उनले सेनाको सङ्ख्या निर्धारण गर्ने काम सरकारको भएको उल्लेख गर्दै भने, ‘कुनै आईएनजीओ, एनजीओमा बसेर स्वघोषित प्राज्ञ, विज्ञ र सुरक्षा विज्ञ भन्नेहरूले गर्ने होइन ...

समाचार स्रोत :