Follow us: Youtube Android App
रुग्ण ठेक्का र आयोजनामा हस्तक्षेप सुरु गरिसकेका छौं
२२ भदौ २०८०

भौतिक पूर्वाधारको क्षेत्रमा मुलुकले फड्को मार्नु नसक्नुको कारण के हो ?

भौतिक पूर्वाधारलाई पूर्वाधारको पनि पूर्वाधार भनिन्छ। भौतिक पूर्वाधार विकास र समृद्धिका आधार हुन्। सडक, पुल आदि बनाएपछि अर्थतन्त्रका अरू पाटोमा प्रगति हासिल हुन्छ। उत्पादन वृद्धिदेखि रोजगारी सिर्जनाको प्रमुख आधार नै भौतिक पूर्वाधार हुन्।

तर, भौतिक पूर्वाधारलाई हामीले जति महत्व दिनुपर्ने हो, त्यति दिएका छैनौं। भारतले भर्खरै भौतिक पूर्वाधारमा ध्यान दिन थालेको छ। ठूलो लगानी गरिरहेको छ। जापानमा सडक, पुल, सुरुङ जस्ता संरचना निर्माण भएपछि अन्य क्षेत्रको विकास भएको इतिहास छ। नेपालमा जति प्राथमिकतामा पर्नुपर्ने हो, त्यति परेन।

चालु आर्थिक वर्षकै कुरा गर्ने हो भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट अघिल्ला आर्थिक वर्षको तुलनामा घटेको छ। जहाँ थप्नुपर्ने, बढाउनुपर्ने तथा प्राथमिकता दिनुपर्ने हो, त्यहीँ सिलिङ घटाइयो। हामी सानो बजेट बनाउन बाध्य भयौं। चालु आवदेखि त उल्टै बजेट पनि घट्यो।

पूर्वाधार निर्माणमा कानुनी झमेला के कस्ता छन् ? ...

समाचार स्रोत :