Follow us: Youtube Android App
Somersby Nepal
बजाजलाई उछिन्यो होन्डाले
२० कात्तिक २०७४


नेपालको दुईपाङ्ग्रे सवारी बजारमा बजाजलाई होन्डाले उछिनेको छ । सन् २०१५ अप्रिलदेखि २०१६ जनवरीसम्मको १० महिना अवधिमा नेपाली बजारमा भित्रिएका दुईपाङ्ग्रे सवारीको तथ्यांकअनुसार नेपाली बजारमा बजाजलाई होन्डाले उछिनेको पाइएको हो । २०१५÷१६ को १० महिनामा बजाजका ३० हजार १ सय ८८ मोटरसाइकल आयात भएकोमा ०१६÷१७ को सोही अवधिमा ५३ हजार १ सय २७ मोटरसाइकल आयात भएको भन्सारको तथ्यांकमा छ । 

सोही अवधिमा होन्डाका भने ५५ हजार ६ सय ४२ मोटरसाइकल भित्रिएको तथ्यांक छ । २०१५÷१६ मा बजाजको नेपाली मोटरसाइकल बजार हिस्सा ३० प्रतिशत रहेकोमा २०१६÷१७ मा २ प्रतिशतले खुम्चिएर २८ प्रतिशतमा सीमित भएको देखिन्छ । ०१५÷१६ मा २४ हजार ८ सय ५३ वटा मोटरसाइकल आयात गरेको होन्डाले ०१६÷१७ मा ५५ हजार ६ सय ४२ पु¥याएको छ ।

समग्र बजार हिस्सा हेर्दा ०१५÷१६ मा २५ प्रतिशत रहेको होन्डाले ०१६÷१७ मा आइपुग्दा यो हिस्सा २९ प्रतिशत पु¥याएको छ । हिरोहोन्डा संयुक्त कम्पनी कायम हुँदा नेपालमा यसकै बजार बर्चश्व कायम .................

Source