Follow us: Youtube Android App
Somersby Nepal
उपचार गराउन आएका १५ वर्षीय सन्दीपले पाए १८ लाखको कार
१० माघ २०७४


पोखरा । पर्वत कुस्माका सन्दीप पौडेल माघ ४ गते उपचारका लागि पोखरा आए । वडा प्रहरी कार्यालय बैदामका सई नारायणप्रसाद पौडेलले छोरा सन्दीप विरामी भएपछि आफन्तमार्फत पोखरा झिकाएका थिए ।

आफन्त पोषण अधिकारीले सन्दीपलाई कुस्माबाट उपचारका लागि पोखरा ल्याए ।

 

पोखरा प्रदर्शनी केन्द्रमा औद्योगिक ब्यापार मेला जारी थियो र मेलामा टिकट काट्नेलाई हुन्डाइ कम्पनीको १८ लाख रुपैयाँ मूल्य पर्ने इवन कार बम्पर उपहार राखिएको थियो । बुबा नारायणलाई सन्दीपको जिम्मा लगाएर उनी मेलातर्फ लागे ।

 

आफन्त पोषणले मेला हेर्न पृथ्वीचोकको अस्पतालमा उपचार गराउँदै आएका सन्दीपको लागि विद्यार्थी सहुलियत ४० रुपैयाँको टिकट काटे भने आफूले ६० रुपैयाँ पर्ने टिकट काटे । दुवै टिकट सुरक्षित उनले राखे ।

 

पोषणले ४ गते नै मेला हेरेर फर्के भने मिर्गौलामा पत्थरी भएका सन्दीपलाई पिता नारायणप्रसाद पौडेलले माघ ५ गते पनि मेला हेर्न लगे । सन्दीपको टिकट नम्बर ०५४८९२ थियो र त्यही नम्बर नै उनको लक्की नम्बर बन्न पुग्यो । मेलाको अन्तिम दिन खोलिएको बम्पर उपहार स्वरुप तीनै उपचार गराउन आएका सन्दीले १८ लाखको कार हात पार्न सफल भए...

Source