काठमाडौंसहित देशका मुख्य शहरमा फेरि केही चिनियाँ टोली इन्टरनेटमार्फत अवैध गतिविधिमा संलग्न रहेको पाइएको छ ।
स्रोतका अनुसार टोली अवैध ‘अनलाइन गेम’ खेलाउनेदेखि विभिन्न इन्टरनेट अपराधमा संलग्न छन् । चीनबाट पर्यटक भिसामा नेपाल आएर उपत्यकालगायत देशमा विभिन्न ठाउँमा समूह बनाई अनलाइन गेम खेलाउने तथा इन्टरनेट अपराधमा संलग्न रहेको पाइएको छ । काठमाडौं उपत्यकाको बौद्ध क्षेत्रमा ५ वटा समूह, चक्रपथ क्षेत्रमा २ वटा समूह, कलंकी क्षेत्रमा केही समूहले अनलाइन गेम खेलाउँदै आएको प्रहरी स्रोतले लोकान्तरलाई बतायो ...