Follow us: Youtube Android App
आम्दानीमा सामसुङको कीर्तिमान, ३ महिनामा ६० खर्ब आम्दानी
१४ कात्तिक २०७७

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङले पछिल्लो त्रैमासिकमा कीर्तिमानी आम्दानी गर्न सफल भएको छ । जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा सामसुङले ५९ अर्ब डलर अर्थात् ६० खर्ब रुपैयाँ भन्दा धेरै आम्दानी गर्न सफल भएको रिपोर्ट सार्वजनिक भएको छ ।


कम्पनीले सार्वजनिक गरेको त्रैमासिक रिपोर्ट अनुसार चालू सन् २०२० को तेश्रो त्रैमासिकमा सामसुङका स्मार्टफोनको बिक्रीदरमा ५० प्रतिशतले वृद्धि भएको छ भने माइक्रोचिप्सको बिक्री ८२ प्रतिशतले बढेको छ । स्मार्टफोन र माइक्रोचिप्सको बिक्रीमा भएको उच्च वृद्धिका कारण सामसुङको आम्दानीमा उछाल आएको हो । यस अवधिमा सामसुङका प्रिमियम टेलिभिजन तथा होम एप्लाइन्सेसहरुको बिक्रीमा समेत वृद्धि भएको छ ...

समाचार स्रोत :