सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले निर्वाचन आयोगले नेकपाको अध्यक्षका रुपमा केपी ओलीलाई मात्रै चिन्ने दाबी गरेका छन्।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता मन्त्री गुरुङले निर्वाचन आयोगले ओलीलाई मात्रै अध्यक्षका रुपमा चिन्ने र माधव नेपाललाई नचिन्ने भएका कारण नेकपाको आधिकारिकता आफूहरुले नै पाउने बताए।
सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले भने, ‘निर्वाचन आयोगले नेकपाको अध्यक्षको रुपमा माधव नेपाललाई चिन्दैन। त्यसकारण उहाँहरुको आधिकारिकताको दाबी पुग्दैन। पुगिहालेपनि हदम्याद पुग्दैन।’ ...