Follow us: Youtube Android App
अब स्याटेलाइटबाटै घर घरमा इन्टरनेट, टेलिकम र इन्टरनेट सेवा प्रदायक जोखिममा
२० फागुन २०७७

काठमाडौं । इन्टरनेटले जोडिएको संसारमा टेलिकम व्यवसाय सबैभन्दा धेरै कमाउने र सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेका छन् । तर अब यो व्यवसायमा दक्षिण अफ्रिकी अमेरिकन अर्बपति एलन मस्कको प्रवेशसँगै पूराना कम्पनी क्रमशः धराशायी हुँदै जाने प्रबल सम्भावना बढेर गएको छ भने उपभोक्तालाई सहज र सस्तो इन्टरनेट उपलब्ध हुने दिन नजिकिँदै छ ।

एलन मस्कले सञ्चालनमा ल्याएको स्टारलिंक नामक कम्पनीले जुन सेवा र सुविधाको घोषणासहित आफ्नो सेवा अमेरिकामा सुरु गरेको छ त्यसले संसारभरिका टेलिकम कम्पनीहरूको व्यापारमा ठूलो असर पार्नेछ भने उपभोक्ताले इन्टरनेटको स्पिडमा गुनासो गर्नुपर्ने अवस्था रहने छैन ।

द फोर्ब्स नामक विश्व प्रसिद्ध म्यागेजिनमा वरिष्ठ लेखक इनरिक ड्यान्स लेख्छन्, “यो वर्षको अन्त्यसम्ममा स्टारलिंकले यस्तो इन्टरनेट सेवा ल्याउँदै छ जसले उपभोक्तालाई ३०० मेगाबाइट प्रति सेकेण्डको दरले डाटा उपलब्ध गराउनेछ, जसमा करिब २० एमएस लेटेन्सी रहने छ (यसको मतलब कुनै पनि कम्प्युटरबाट गरिएको खोजको नतिजा करिब २० मिलिसेकेण्ड मा आउँछ । एक मिलिसेकेण्ड भनेको एक सेकेण्डको हजार भागको एक भाग हो) ।” ...

समाचार स्रोत :